प्रतिनिधि सभाको अर्को बैठक बैशाख ७ गते बस्ने

काठमाडौं । प्रतिनिधि सभाको सोमवार बसेको बैठक स्थगित भएको छ । आगामी बैशाख ७ गते मंगलवार बस्नेगरी आजको बैठक स्थगित भएको हो ।

सभामुख अग्नीप्रसाद सापकोटाले त्यसबारे संसदमा जानकारी गराएका हुन् ।

आजको बैठकमा सूचना आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको थियो । त्यस्तै विभिन्न समितिहरुका नामावलीहरु हेरफेर समेत गरिएको थियो ।

प्रतिनिधि सभाको अर्को बैठक मंगलवार दिउँसो १ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?