संसदमा प्रदिप गिरिको प्रश्न : चुच्चे नक्सा खै ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका सांसद प्रदिप गिरिले सरकारी पक्षले नै नयाँ नेपालको नक्साको प्रयोग नगरेको भन्दै आपत्ति जनाएका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद गिरिले चुच्चे नक्सा खै ? भ्रुण हत्या गरेको प्रश्न गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीमा अहमता भएको भन्दै दक्षिण एशियामा मोदी बाहेक अरुले हराउन नसक्ने टिप्पणी गरेका छन् ।

‘उहाँले हारे त मोदीसँग हार्नुहोला दक्षिण एशियामा अरुसँग हार्नुहुन्न । चुच्चे नक्सा कता हरायो ? भ्रुण हत्या भएको हो ?’ सांसद गिरीले भने ।

त्यस्तै व्यवस्था व्यक्तिले परिर्वतन गर्दै लैजाने भएपनि त्यसको मर्म मर्न दिन नहुनेमा जोड दिएका छन् । ‘व्यवस्था एउटा कुरा हुन्छ व्यक्ति एउटा कुरा हुन्छ । व्यवस्थालाई व्यक्तिले संसोधन गर्दै ल्याएका हुन्छ ।’ उनले भने ।

संसद विघटनका कारण एकातिर दिपावली र अर्कोतिर कालरात्री भएको बताए । संविधानको रक्षा गर्नेहरुले नै त्यसको जरा हेर्न लागेको आरोप लगाए ।

‘ठूला विभाजनका बीच एकातिर दिपावली र एकातिर कालोरात भयो । यस संविधानलाई हामीले मलजल गर्नुको साटो विरुवा लगाउनेले विरुवालाई धैर्यतापूर्वक मलजल गर्नुको साटो जरा उखेलेर जरा हेर्ने ?’ उनलेभ ने ।

देश निर्वाचनमा जानका लागि राष्ट्रिय सहमतीको सरकार गठन गर्नका लागि आग्रह गरेका छन् ।

‘कसरी राष्ट्रिय सहमतीको सरकार बनाउन सकिन्छ भन्ने कुरामा जोड दिँउ ।’ उनले भने- ‘राष्ट्रिय सहमतीका लागि सबै जनालाई अपिल गर्दछु ।’

यसैगरी प्रधानमन्त्री ओलीले आफ्नो अहमभन्दा माथि उठेर कसैलाई विश्वासमा नलिएको तर अब विश्वासमा लिएर अघि बढ्न आग्रह गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?