सांसद बस्नेतको आरोप : ‘सरकारले अध्यादेशको भरमा देश चलायो’

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले सरकारले अध्यादेशको भरमा देश चलाएको आरोप लगाएका छन् ।

आज (सोमवार)को प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बस्नेतले संसदको प्रभावकारिता समाप्त गर्ने बाटोमा सरकार लागेको आरोप लगाएका हुन् ।

उनले संसदको मर्म रक्षाका निम्ती मात्रै वर्तमान सरकारलाई समर्थन गरेको पनि स्पष्ट पारे । उनले फेरी पनि संसद विघटन हुने प्रति आशंका व्यक्त गरेका छन् ।

सांसद बस्नेतले राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रदान गरिएको विभूषणमा नेपालको नयाँ नक्सा किन नराखेको भन्दै प्रश्न गरेका छन् । उनले सत्ता पक्षले भ्रम सिर्जनामात्रै आरोप लगाए । उनले भने ‘सरकार मौसमी राष्ट्रबादमा लागेको र सरकारले जनअपेक्षा अनुसार काम गरेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?