एमसीसीलाई संसदमा बहसको विषय बनाउन सांसद अधिकारीको माग

काठमाडौं । नेकपा एमाले सांसद खगराज अधिकारीले एमसीसी परियोजनाका विषयमा संसदमा छलफल बढाउन माग गरेका छन् ।

सोमवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद अधिकारीले त्यस्तो माग गरेका हुन् ।

अलि पहिले एमसीसीका विषयमा बहस हुने तर अहिले त्यस विषयमा कुराकानी नै नभएको सांसद अधिकारीले बताए ।

“अलि दुई चार वर्ष नै भयो सभामुख महोदय । माओवादी केन्द्र र कांग्रेसको सरकार भएका बेला एमसीसीको कुरा उठेको थियो । अहिले तपाईकै हातमा एमसीसी छ । यो एमसीसी बहसको विषयमा बनाइयोस ।” उनले भने ।

त्यस्तै संसदको कार्यव्यवस्था समितिमा अन्य कुराहरुका विषयमा कुराहरु उठेपनि एमसीसीको कुरा नभएको उनले बताए । “अन्य कुराहरुमा त कार्यव्यवस्था समितिमा कुरा हुन्छ । तर यो एमसीसीको विषयमा किन कुरा उठ्दैन ।” उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?