कुमारी बैंकको ‘क्यूआर’ भुक्तानी सेवा शान्तिनगरस्थित पशुपति एग्रो मार्टमा 

काठमाडौं । कुमारी बैंकले तिनकुने, शान्तिनगरस्थित तरकारी तथा फलफूल बजार, पशुपति एग्रो मार्टमा मोबाइल फोनबाट सहज र सुरक्षित ‘क्यूआर कोड’ भुक्तानी सेवाको विस्तार गरेको छ ।

बैंकका सञचालक समितिका अध्यक्ष अमिर प्रताप ज.ब.राणाको सभापतित्व तथा पशुपति एग्रो मार्टका अध्यक्ष राजु कुमार खत्रीको प्रमुख आतिथ्यमा, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी लगायत आमन्त्रित अतिथिको उपस्थितिमा सो ‘क्यूआर स्ट्याण्ड’ तरकारी व्यवसायीहरुलाई हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।

नगद कारोबारकोे विकल्पमा मोबाइल एप मार्फत् ‘क्यूआर’ भुक्तानी गर्न सकिने डिजिटल प्रविधिलाई प्रवर्धन गर्दै आईरहेको बैंकले जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले ‘यस क्यू आर प्रणाली अन्तर्गतको भुक्तानीमा नगद बोक्नु नपर्ने, नगद हराउनेचोरी हुने सम्भावना नरहने, आफ्नो बैंक खाताबाट सिधै भुक्तानी गर्न मिल्ने जस्ता फाईदाहरु रहेका छन् । त्यसैगरी, व्यवसायीहरु हरेक दिन बिक्री गरिएको रकम जम्मा गर्न बैंक धाई राख्नु पर्ने तथा खुद्रा पैसा बोक्नुपर्ने झन्झटबाट पनि मुक्त हुने र उक्त सेवाको प्रयोग गर्दा अतिरिक्त शुल्क पनि लाग्ने छैन ‘, जानकारी गराए ।

‘क्यूआर कोड’ भुक्तानी मर्चेन्टको संख्या र पहुँच दिनानुदिन बढ्दै गईरहेको हुनाले सो प्रणाली नगदरहित कारोबारको एक उत्कृष्ट र भरपर्दो माध्यम बन्न जानेमा बैंक विश्वस्त रहेको जनाएको छ ।

डिजिटल भुक्तानीमा विश्वसनियता बढाउन र नगदरहित कारोबारलाई थपप्रोत्साहन गर्न समय समयमा डिजिटल कारोबार सम्बन्धी सचेतना कार्यक्रमहरु समेत गर्दै आइरहेको बैंकको दाबी छ । हालसम्म बैंकले ८००० भन्दा बढी व्यापारीहरु फोन पे क्यू आर डिजिटल भुक्तानी प्रकृयामा आबद्ध गराईसकेको जनाएको छ ।

देशव्यापी १९३ शाखा सञ्जाल, १६५ एटिएम, २५ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुलभ तथाउत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने बैंकले प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?