काठमाडौं । भारतमा कोरोना संक्रमित र मृतकको संख्या दैनिक रुपमा बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणबाट थप ९ सय ४ जनाको मृत्यु भएको छ ।
हालसम्म भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ७० हजार १ सय ७९ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा १ लाख ६८ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
११ लाख ८० हजार १ सय ३६ नमुना परिक्षण गर्दा १ लाख ६८ हजार ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै त्यहाँ कुल संक्रमितको संख्या १ करोड ३५ लाख २७ हजार ७ सय १७ पुगेको छ ।
गत २४ घण्टामा भारतमा ७५ हजार ८६ जना संक्रमणमुक्त भएका छन् । त्यहाँ सक्रिय संक्रमितको संख्या १२ लाख १ हजार ९ रहेको छ ।
भारतमा हालसम्म १० करोड ४५ लाख २८ हजार ५ सय ६५ जनालाई कोरोना विरुद्धको खोप दिइसकिएको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।
भारतमा ‘चार दिने टिका उत्सब’ (खोपको कार्यक्रम ) चलिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया