काठमाडौं । जनमत पार्टीको केन्द्रीय अध्यक्षमा डा. सीके राउत (चन्द्रकान्त राउत) चयन भएका छन् । डा. राउत २३ सय २ मतसहित सहित अध्यक्षमा चयन भएका हुन् ।
शनिवार सम्पन्न भएको जनमत पार्टीको पहिलो महाधिवेशनबाट सीके राउत सर्वसम्मत अध्यक्ष भएका हुन् ।
त्यस्तै महासचिवमा १५ सय ७३ मतसहित चन्दन कुमार सिंह निर्विरोध चयन भएका छन् ।
अन्य पदका लागि निर्वाचन भएपनि अध्यक्ष र महासचिव भने सर्वसम्मत चयन गरिएको थियो ।
त्यस्तै उपाध्यक्षमा मो.अब्दुल खान (१८६७), ई वसन्त कुमार कुशवाहा (११५०), ई दीपक कुमार साह (७७१) र ई नरेन्द्र प्रसाद चौधरी (५८२ मतसहित निर्वाचित भएका हुन् ।
त्यस्तै २३ जना केन्द्रीय सदस्यहरु निर्वाचित भएको जानकारी दिइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया