पर्सा । पर्सामा प्रहरीले गहुँबारीमा लुकाएर राखिएको अवस्थामा अवैध लागूऔषध चरेस बरामद गरेको छ ।
शनिवार राति प्रहरीले कालिकामाई गाउँपालिका १ स्थित गहुँबारीबाट २ वटा बोरा भित्र १५ किलो चरेस बरामद गरेको हो । सो चरेस कसले छोडेर गयो भन्ने खुलेको छैन ।
चरेस छोडेर जाने व्यक्तिको खोजी गरिरहेको पर्सा प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया