२० मङ्सिर २०८०, बुधबार

मोदी र सिरिसेनाको नेपाल भ्रमण रोकियो, यस्तो छ कारण

२०७४,आश्विन,२०,शुक्रवार ०१:३७

0
Shares

काठमाडौं, २० असोज – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलंकाली राष्ट्रपति मैत्रिपाला सिरिसेनाको यही महिना अन्तिमका लागि प्रस्तावित नेपाल भ्रमण रोकिएको छ।नेपालमा ‘अप्रत्याशित’ रूपमा वामपन्थी र प्रजातान्त्रिक शक्तिबीच ध्रुवीकरण भएपछि उत्पन्न परिस्थितिका कारण यी दुई उच्चस्तरीय भ्रमण तत्कालका लागि नहुने भएका हुन्, आजको अन्नपूर्ण पोस्टमा खबर छ ।एमाले र माओवादी केन्द्रबीच निर्वाचनमा तालमेल र पार्टी एकता गर्ने घोषणासँगै शेरबहादुर देउवा नेतृत्वको सरकार परिवर्तन हुन सक्ने चर्चाबीच मोदी र सिरिसेनाको भ्रमण प्रभावित भएको सरकारी स्रोतले जनाएको छ।नयाँ दिल्लीस्थित नेपाली राजदूत दीपकुमार उपाध्यायले भारतीय विदेशमन्त्री सुषमा स्वराजसँग बुधबार राति १५ मिनेट भेटवार्ता गरेका थिए। भेटमा मोदीको प्रस्तावित भ्रमण र नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो। मोदीको नेपाल भ्रमण तत्कालका लागि ‘होल्डमा राखौं’ भन्ने प्रस्ताव भारतीय विदेशमन्त्री स्वराजले गरेकी थिइन्। स्वराजले नेपालमा वामपन्थी शक्तिबीच एकता प्रयास र निर्वाचनमा तालमेलबारे पनि चासो राखेकी थिइन्।बिहीबार बिहान काठमाडौं आएका राजदूत उपाध्यायले पछिल्लो राजनीतिक घटनाक्रमका कारण मोदीको भ्रमण तत्काल नहुने पुष्टि गरे।

प्रकाशित मिति: २०७४,आश्विन,२०,शुक्रवार ०१:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर–८

धनकुटा । धनकुटामा गत एक हप्तादेखि ढोल नाच (पापनी) र मारुनी नाचेर मनाइने वाडाङ्मी पर्वको रौनक छाएको छ । विशेष

काठमाडौं । तेस्रो अन्तरराष्ट्रिय जलरङ्ग महोत्सव (वाटर कलर फेस्टिबल) आज देखि सुरु भएको छ । शनिबार नेपाल कला परिषद्मा अन्तरराष्ट्रिय

काठमाडौं । नेपालका महिला प्रहरी अधिकृतहरुको नाम लिँदा प्रहरी नायब उपरीक्षक (डिएसपी) पूर्णिमा चन्दको नाम पहिलो लहरमै आउँछ । जो

ताजा समाचार