कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका माइलो भाई गोविन्दराज पौडेलको निधनका कारण बैठक स्थगित गरिएको हो ।
भाईको निधनका कारण वरिष्ठ नेता पौडेल उपस्थित नहुने भएपछि बैठक स्थगित गरिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले लोकपथलाई जानकारी दिए ।

सभापति शेरबहादुर देउवाको भनाईलाई उद्रृत गर्दै मुख्यसचिव पौडेलले भने- ‘पार्टीको वरिष्ठ नेता रामचन्द्र जी नै उपस्थित नहुने भएपछि बैठक बस्नुको अर्थ नहुन सक्छ । त्यसैले आजको बैठक स्थगित गर्दा राम्रो हुन्छ ।’

आजको बैठकमा पार्टीको आगामी १४ औँ महाधिवेशनका विषयमा छलफल गर्ने बताइएको थियो । साथै अर्को बैठकका विषयमा साँझसम्म निर्णय आउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?