आज प्रतिनिधि सभा बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौं । आज प्रतिनिधि सभा बैठक बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन’ पेश हुने कार्यक्रम रहेको छ ।

संघीय संसदको महासचिव डा. भरतराज गौतमले विज्ञप्ति जारी गर्दै त्यस्तो जानकारी गराएका हुन् ।

यसअघि चैत २६ गते प्रतिनिधि सभाको बैठक बसेको थियो । उक्त बैठकमा शोकप्रस्ताव पारित साथै माओवादी केन्द्रका ४ सांसदहरुको पद खारेज गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?