काठमाडौं । बैशाख दोस्रो सातादेखि काठमाडौंमा शुरु हुने खुकुरी नेपाल सुपर लिग (एनएसएल) खेल्न क्रोएसियाली फरवार्ड भिलिम पोसिन्कोभिच नेपाल आइपुगेका छन् ।
भाटभटेनी सुपरमार्केटको स्वामित्व रहेको ललितपुर सिटी फुटबल क्लबले पोसिन्कोभिचलाई सुपर लिग अवधिका लागि अनुबन्ध गरेको हो ।
क्लबले मार्की खेलाडीका रुपमा अन्जन विष्टसँगै अक्सनमा १४ खेलाडी यसअघि नै अनुबन्ध गरेको थियो । यसबाहेक ट्यालेन्ट हन्टबाट पनि दुई खेलाडी भित्र्याउने टोलीको तयारी छ । विदेशी खेलाडीको रुपमा पोसिन्कोभिच क्लबका पहिलो खेलाडी हुन् । क्लबले अझै दुई विदेशी खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान छ ।
३० वर्षीय पोसिन्कोभिचले युरोपेली राष्ट्रका तल्लो श्रेणीका लिग खेलेको अनुभव छ । टोलीको प्रशिक्षकका रुपमा प्रदीप हुमागाईं नियुक्त भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया