कीर्तिपुर नगरपालिका ७ का वडाध्यक्ष मालीको निधन

लोकपथ
0
Shares

काठमाडौं । कीर्तिपुर नगरपालिका वडा नम्वर ७ का वडाध्यक्ष राजकुमार मालीको निधन भएको छ । वडाध्यक्ष मालीको मस्तिष्कघातका कारण निधन भएको परिवारिक स्रोतले जनाएको छ ।

मस्तिष्कघात भएपछि उनलाई उपचारको लागि वयोधा अस्पताल पुर्‍याएको तर उपचारका क्रममै हिजो बेलुका वडाध्यक्ष मालीको निधन भएको कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले जानकारी दिए ।

वडाध्यक्ष मालीलाई श्रद्धाञ्जली दिन अहिले पार्थिव शरीरलाई नगरपालिकामा राखिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?