राष्ट्रिय परिचयपत्रका लागि ७ हजार बढीको विवरण दर्ता

RSS
0
Shares

डोटी । डोटीको पूर्वीचौकी गाउँपालिकामा ७ हजार ६ सय ४८ ले राष्ट्रिय परिचपत्रका लागि विवरण दर्ता गराएका छन् । यही चैत १ गतेदेखि गाउँपालिकाका सातवटै वडा कार्यालयमा लगत सङ्कलनका लागि आवेदन माग गरिएको थियो ।

वडा नं १ खिरसैनमा ९ सय ४३ वडा नं २ बगलेकमा ९ सय १४ वडा नं ३ गैरागाउँमा ९ सय ६८ वडा नं ४ सानागाउँमा ९ सय ९६ वडा नं ५ काडमाडौँमा १ हजार ४ सय ९२, वडा नंं ६ गाँजरीमा एक हजार ७२ र वडा नं ७ पोखरीमा एक हजार २ सय ६३ गरी कूल सात हजार ६४८ ले राष्ट्रिय परिचयका लागि नाम दर्ता गरेको गाउँपालिका सूचना अधिकारी हरिभक्त साउँदले जानकारी दिए ।

सबैभन्दा बढी वडा नं ५ काँडामाडौंमा एक हजार ४ सय ९२ र सबैभन्दा कम वडा नं २ बगलेकमा ९१४ ले नाम दर्ता गराएका छन् । यो अभियानमा १६ दर्ता अपरेटर, सात वडा सचिव र १२ जना फाराम भर्ने सहायक कर्मचारीको संलग्न रहेको गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?