काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ।
शुक्रवारका लागि तोकिएको केन्द्रीय समिति आजका लागि स्थगित गरिएको थियो। शुक्रवार तीन दलको बैठक हुने भएपछि पार्टी सभापति शेरबहादुर देउवाले आजका लागि केन्द्रीय समितिको बैठक डाकेका थिए ।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बैठक बस्ने कांग्रेसले जनाएको छ।
आइतवार कांग्रेसको पदाधिकारी बैठक बसेको थियो। बैठक महाधिवशेन केन्द्रीत भएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
कांग्रेसमा यतिबेला क्रियाशील सदस्यता विवाद कायमै रहेको छ भने महाधिवेशन मितिबारे थप छलफल हुने बताइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया