मौसम पूर्वानुमान : मेघगर्जन र चट्टयाङ्गसहित वर्षाको सम्भावना

लोकपथ
0
Shares

काठमाडौं । सोमवार (आज) देशका अधिकांश भू–भागको मौसम आंशकदेखि सामान्य बदली हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकामा रहेको वायु प्रदूषण पनि आज साँझसम्म केही कम हुने पूर्वानुमान गरेको हो ।

अहिले (बिहान) काठमाडौंको भिजिविलिटी ३ किलोमिटर छ । हिजो यही समय ५ किलोमिटर थियो । तर, अपराह्नपछि वायू प्रदूषण केही हट्दै जाने मौसमविद्हरुको भनाइ छ । अहिलेको मौसमी प्रणाली वायु प्रदूषण गराउने खालको होइन । धुलो धुवाँको स्रोत काठमाडौं उपत्यका नजिकै रहेकाले प्रदूषण धेरै भएको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आज दिउँसो आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । देशका पहाडी भू–भागका थोरै स्थानमा अपरान्हपछि मेघगर्जन र चट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । काठमाडौं उपत्यकामा अपराह्न पछि छिटपुट वर्षाको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?