कोभिड-१९ खोपको नाम ट्रम्प राख्नु पर्छ : डोनाल्ड ट्रम्प

लोकपथ
0
Shares

एजेन्सी । शनिवारको एक कार्यक्रममा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड–१९ विरुद्धको खोपका लागि फेरिपनि आफूलाई श्रेय दिँदै त्यसको नाम आफ्नो नाममा राखिनुपर्ने बताएका हुन् । यहाँसम्म कि उनले सबैका सामु ट्रम्पसिन भन्ने नामसमेत सुझाव दिएको सो त्यहाँ उपस्थित एक सीएनएन रिपोर्टरले ट्वीटर पोस्टमा लेखेका छन् । रिपब्लिकन पार्टीका डोनरहरुको उपस्थितिमा उनले यस्तो भनेका हुन् ।

यसका साथै उनले नोभेम्बरको चुनावलाई अपमानजनक शब्दमा उल्लेख गर्दै २०२२ मा रिपब्लिकन पार्टीलाई प्रतिनिधिसभा पुनः आफ्नो नियन्त्रणमा लिन मद्दत गर्ने वचन पनि दिएका हुन् ।

त्यस्तै उनले पूर्वउपराष्ट्रपति माइक पेन्सप्रति आफ्नो पक्ष लिन पर्याप्त बहादुरी नदेखाएको भन्दै गुनासो गरेका छन् । उनले भने, मलाई उनी एकदमै मनपर्थे । तर उनले मलाई निराश पारे ।

ट्रम्पका अनुसार अझैपनि अधिकांश डेमोक्रेट्सहरुले उनले नै चुनाव जितेको मान्छन् तर बाहिर ठूलो आवाजमा भन्न सक्दैनन् । यसपछि उनले सिमाना पार गरिरहेका आप्रवासीबारे पनि टिप्पणी दिएका हुन् ।

तिनलाई अवैध, हिंसात्मक अपराधी भनेर बोलाएका छन् । उनीहरुले आफ्ना सबैभन्दा राम्रा मान्छे हामीकहाँ पठाएका होइनन् । त्यहाँ हत्यारा, बलात्कारी र ड्रग डिलरहरु छन्, उनले भने ।२०२४ को राष्ट्रपति चुनावमा लड्ने सम्बन्धी चाहिँ ट्रम्पले कार्यक्रममा कुनै उल्लेख नगरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?