२०७८,जेष्ठ,१,शनिवार

किन कालो कोट र सेतो शर्ट नै लगाउँछन् वकिल ?


काठमाडौं । तपाईले सधैँ वकीलले कालो कोट र सेतो शर्ट नै लगाएको देख्नु भएको होला । तर किन कालो कोर्ट र सेतो शर्ट नै लगाउँछन् त वकीलले ? यो कुरा तपाईले सोच्नु भएको पनि छैन होला ।

आज हामी तपाईलाई यसकै रहस्यको बारमो जानकारी गराउनेछौँ । यसको पछाडि एक ऐतिहासिक कारण छ ।

वकालतको शुरुवात वर्ष १३२७ मा एडवर्ड तृतीयले गरेका थिए । त्यस बेला ड्रेस कोडको आधारमा न्यायाधीशको भेषभूषा तयार पारिएको थियो । जज आफ्नो शीरमा कपाल भएको विग लगाउँथे ।

त्यस समय वकीलले चार भागमा विभाजन गरेका थिए । जसमा स्टूडेन्ट, प्लीडर, बेन्चर र ब्यारिस्टर । यी सबै जजलाई स्वागत गर्दथे ।

शुरुवाती समयमा अदालतमा रातो सुनौले रङको कपडाको प्रयोग गरिन्थ्यो । त्यसपछि १६३७ मा वकीलको भेषभूषामा परिवर्तन गरेर काउन्सीलले जनताको अनुरुपको कपडा लगाउन पर्ने नियम ल्याइयो ।

त्यसपछि वकीलले लामो गाउन लगाउन शुरु गरे । त्यो बेला यो कपडाले वकीललाई अन्य मानिस भन्दा फरक पहिचान गराउँथ्यो ।

१९९४ मा बेलायतकी महारानी क्वीन म्यारीको मृत्यु भयो । त्यसपछि राजा विलियम्सले सबै न्यायाधीश र वकीललाई सार्वजनिक रुपमा शोक मनाउनका लागि कालो गाउन लगाएर उपस्थित हुन आदेश दिए ।

त्यसपछि हालसम्म वकीलहरु यस्तो कपडा लगाउँछन् । आजको समयमा कालो कोट वकीलको पहिचान बनेको छ ।

अधिनियम १९६१ मा अदालतमा सेतो ब्याण्ड टाईको साथमा कालो कोट लगाउन अनिवार्य गराइयो । यसले वकीलहरुमा अनुशासन ल्याउने बताइन्छ ।

प्रकाशित मिति: २०७७,चैत्र,२९,आईतवार २२:४१


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

गलेश्वर । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमणले थलापरेका बेला खेतवारीमा लगाइएको मकैवाली फौजीकिराले नष्ट गरिदिएपछि म्याग्दीका किसान दोहोरो

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र क्लिनिक वन काठमाडौं प्रा.लि. (Clinic One Kathmandu Pvt. Ltd.) बीच Covid 19

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि आवश्यक पर्ने रेम्डेसिभिर औषधि तोकिएको व्यक्तिसंँग लिन आग्रह गरेको छ

धादिङ । ह्वासिन सिमेन्ट उद्योग र नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घले धादिङ अस्पताललाई अक्सिजन सिलिण्डर उपलब्ध गराएका छन्

कुहिने फोहोरबाट मल उत्पादन
 २०७८,जेष्ठ,१,शनिवार १०:४७