आर्य सभ्यताको महत्व खिइँदै गएको पूर्वराजा ज्ञानेन्द्रको दाबी

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो समयमा आर्य सभ्यताको महत्व खिइँदै गएको बताएका छन् । यही आइतवर भारतको उत्तराखण्डाको हरिद्वारमा आयोजित कुम्भमेलामा सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्रले सो कुरा बताएका हुन् ।

उनले नेपाल र भारतका धेरै देवस्थलहरुले विश्वव्यापी मान्यता राख्ने मत राखेका छन् ।

आर्य सभ्यताको महत्व खिइँदै गएको कुरामा उनले भने, ‘सानो छँदा मैले हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेख्नुभएको, के नेपाल सानो छ ? भन्ने निबन्ध पढै, बडो चिन्ताका साथ हाम्रो आर्य सभ्यताको महत्व खिँदै गएको कुरामा उहाँले उक्त निबन्ध लेख्नुभएको थियो । हो, कतिपय वाह्य दवाव, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण यताका केही समयदेखि हाम्रो पूर्वीय दर्शन, हाम्रो धर्म र सनातनीय संस्कारमा ह्रास आएको कुरा साँचो हो ।’

उनले हिन्दू धर्म, सभ्यता, संस्कृतिका अनेक आदर्शहरुले विश्वकै मानवीय मूल्यलाई डोर्याउने बताउँदै त्यसलाई बचाउन र हिन्दू संस्कृतिको रक्षा गर्दै मठ, मन्दिर, देवस्थल र धामहरुको विकास गर्नुपर्नेमा जोड दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?