माछा मार्ने क्रममा एकको मृत्यु, दुईजना पक्राउ

स्याङ्जा । शनिवार आँधीखोलामा माछा मार्ने क्रममा करेण्ट लाग्दा एकजनाको ज्यान गएको छ । भिरकोट नगरपालिका १ का ३० वर्षीय विवेक खाँणको माछा मार्ने क्रममा करेण्ट लागी घाइते हुँदा उनको उपचारको क्रममा गह्रौं प्राथमिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक खाँणसँगै माछा मार्न गएका दुईजनालाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेहरुमा भिरकोट नगरपालिका ७ का २५ वर्षीय एक नारायण पौडेल र २० वर्षीय प्रदिप माझी रहेका छन् । उनीहरुलाई कर्तव्य ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ५ दिनको म्याद गरी अनुसन्धान भइरहेको प्रहरीले जनाए ।

घटनास्थलबाट ३५० मिटर लामो बिजुलीको तार फेला पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?