काठमाडौं । बर्दीयामा हात्तीको आक्रमणकबाट एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको गेरुवा गाउँपालिका वडा नं १ भटेरा बस्ने ६० वर्षीया भुन्टी बोहरा रहेकी छिन् ।
उनलाई आइतवार (आज) दिउँसो १ बजेको समयमा जंगल छेउको बारीमा बाख्रा चराउन जाँदा हात्तीले आक्रमण गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बर्दीयाका अनुसार उक्त हात्तीले जंगलमा लगि मारेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया