काठमाडौं । कश्मीरमा भएको बेग्लाबेग्लै हिंसात्मक घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ । पछिल्लो ४८ घण्टामा बिद्रोही समूह र सेनाबीच भएको भिडन्तमा परी कम्तीमा १० जनाको मृत्यु भएको हो ।
दक्षिणी कश्मीरका शोपियाँ, पुलवामा र अनन्तनागमा बिद्रोही समूहसँग सेनाको भिडन्त भएको श्रीनगरको सेनाका प्रवक्ता एमरान मोस्वीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मोस्वीले शोपियाँको चौगाम क्षेत्रमा शुक्रवार पाँच जना बिद्रोही र पुलवामाको नाइबुग क्षेत्रमा दुई जना मारिएका बताए ।
शोपियाँको चौगाममा मारिएका पाँच जनाको सम्बन्ध हिज्बुल र लस्करे तैयबासँग रहेको र सो भिडन्तमा चार सैनिक पनि घाइते भएको समाचारमा जनाइएको छ ।
शोपियाँको हाडीपोरामा शनिवार र आइतवार बिद्रोही समूह र भारतीय सेनाबीच झडप हुँदा तीन जना मारिएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत जम्मु कश्मीरको प्रहरीले अनन्तनागको सिमथान क्षेत्रमा शनिवार साँझ भिडन्त शुरु भएको जनाएको छ । भिडन्त भइरहेको स्थानबाट धेरै हतियार पनि बरामद गरिएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया