काठमाडौं । काठमाडौंको नागार्जुन जंगलमा लागेको डँढेलो नियन्त्रणका लागि हेलिकप्टर प्रयोग गरिएको छ । डँढेलो नियन्त्रण गर्न सिम्रिक एयरको तीनवटा हेलिकप्टर प्रयोग गरीएको हो ।
हेलिकप्टरमार्फत पानी खसालेर डढेलो नियन्त्रणमा लिने प्रयास गरिएको हो ।हेलिकप्टरमा पानी भर्नका लागि होटल सब्रिनाको स्वीमिङ पुल र मेलम्ची खानेपानी आयोजनाको पानी प्रयोग गरिएको छ । हेलिकप्टरले एक पटकमा ५ सय लिटर पानी बोक्न सक्छ । दमकल नपुग्ने ठाँउमा हेलिकप्टर प्रयोग गरिएको प्रहरीले जनाएको छ ।
जंगलमा डँढेलो लागेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र महानगरपालिकाको दमकलको प्रयासमा नियन्त्रणमा लिने काम भइरहेको छ । आज आइतवार दिउँसोबाट जंगलमा डँढेलो लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया