टेकसिंह धामी/धनगढी। नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले बाह्य शक्तिबाट परिचालित भएको आरोप लगाएका छन् ।
ओली बाह्य शक्तिबाटै परिचालित भई कम्युनिष्ट आन्दोलनलाई विसर्जनतर्फ उन्मुख गरेको रावलले आरोप छ।
आइतवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेता रावलले सो आरोप लगाएका हुन्।
नेता रावलले प्रधानमन्त्री समेत रहेका ओलीले पार्टीको विधान, नियमावली र पद्धती कुल्चँदै पार्टीको एकता र संगठनलाई कमजोर कमजोर बनाएको बताए।

उनले भने,’पार्टीको नवौं राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशन र पार्टी विधानको ठाडो उल्लङ्घन गर्ने ओली तर कारवाही हामीलाई, अस्वीकार्य छ।’
आफू नेकपा एमालेको नवौं महाधिवेशनबाट सर्वाधिक मत लिएर निर्वाचित पार्टीको उपाध्यक्ष र प्रदेशको संयोजक भएकोले केपी ओली र उनको गुटले गरेको कारवाही अमान्य र लागू नहुने रावलको जिकिर छ।
एमाले ओली पक्षका सुदूरपश्चिम सह–संयोजक थापालाई कारवाही
नेपाल कम्युनिष्ट पार्टी एमाले (माधव नेपाल) पक्षले नेकपा एमाले सुदूरपश्चिमका सह–संयोजक कर्णबहादुर थापालाई कारवाहीका लागि सिफारिस गरेको छ।
आइतबार धनगढीमा आयोजित पत्रकार सम्मलेनमार्फत नेकपा एमालेका निलम्बित प्रदेश संयोजक भीम रावलले थापालाई अनुशासनको कारवाहीका लागि सिफारिस गरिएको जानकारी दिएका हुन।
यस्तै कञ्चनपुरका जिल्ला पार्टी सदस्य रहेका राजेन्द्र रावलले पार्टीको विधान विपरित विभिन्न कार्य गरेकाले उनलाई त्यस्तो कार्य नगर्न निर्देशित गरिएको समेत पत्रकार सम्मलेनमार्फत जनाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया