संसदीय समितिका सदस्यहरुको नाम हेरफेर गर्न सिफारिस (नामावलीसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संसदीय समितिका सदस्यहरुको नाम हेरफेर गर्नका लागि सिफारिस गरेको छ ।

एमाले संसदीय दलको चैत २५ गतेको निर्णय अनुसार पार्टी पूर्ववत् रुपमा फर्किएपछि पहिलेको संरचनाअनुसार समितिका सदस्यहरु अमान्य हुने बताउँदै उनीहरुको नामावली हेरफेर गरिएको बताइएको छ ।

जसअनुसार कार्यव्यवस्था समितिमा खगराज अधिकारी, कृष्णभक्त पोखरेल, शेरबहादुर तामाङ, लालबहादुर थापा विशाल भट्टराई, र शान्ता चौधरी रहेका छन् ।
त्यस्तै संसदीय सुनुवाई समितिमा निरुदेवी पाल, खगराज अधिकारी, विशाल भट्टराई, शान्ता चौधरी र राजेन्द्र राई रहेका छन् ।

त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिमा खेम लोहनी, महेश बस्नेत, दामोदर भण्डारीको नाम थपिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?