आईपीएल : कोलकता नाइट राइडर्स र सनराइजर्स हैदरावाद भिड्दै

लोकपथ
0
Shares

काठमाडौं । भारतमा १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज (आइतवार) कोलकता नाइट राइडर्स र सनराइजर्स हैदरावाद भिड्दै छन् ।

शुक्रवारदेखि जारी आईपीएलमा दुईपटकको विजेता कोलकता र २०१६ को बिजेता हैदरावाद चेन्नईको चेपक स्टेडियममा भिड्न लागेका हुन् ।

खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे शुरु हुने छ । यो वर्षको आईपीएलमा २ टिममा मात्र विदेशी खेलाडी कप्तान रहेका छन् । हैदरावादको कप्तानी अष्ट्रेलियाका डेभिड वार्नरले गर्दैछन् भने कोलकताको कप्तानी इंग्ल्याण्डका इयोन मोर्गनले गर्दैछन् ।

पछिल्लो सिजन दुबै खेलमा कोलकताले हैदरावादलाई पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?