चलचित्र ‘हामी तीन भाई’ निर्माण हुने

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कथानक चलचित्र ‘हामी तीन भाई’ निर्माण हुने भएको छ । हिजो शनिवार निर्माण पक्षले एक कार्यक्रमका बीच ‘हामी तीन भाई’ नामक चलचित्र पुनः निर्माण गर्न लागिएको घोषणा गरेको हो ।

तीन दाजु भाईको कथामा निर्माण हुन लागेको चलचित्र मधुसुदन भट्टराईले निर्देशन गर्ने छन् भने मुख्य अभिनेता सलोन बस्नेत छनौट भएका छन् । बाँकी दुई अभिनेता छनौट थालेको निर्माण पक्षले जनाएको छ ।

प्रसिद्धि सिने आर्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा शिशिर राणा, विकास चापागाईं, सदीक्षा पाण्डे, नरेन्द्र केसी लगायतको भूमिका रहने बताइएको छ।

चलचित्रलाई साजित महतले निर्माण गर्ने भएका छन् । द्धन्द्धमा हिमाल केसी रहेका यो चलचित्रको छायाँकन नरेन्द्रकुमार सिंहले गर्ने छन् । चलचित्रको लेखन रिवाज दाहाल र मनिष गौतमले गर्ने छन् भने श्यामकृष्ण मानन्धरको संगीत  रहने छ । पारिवारिक कथामा प्रेमकथा मिसाएर निर्माण गर्न लागिएको चलचित्रका कार्यकारी निर्माता बिक्रम तामाङ रहेको छन् ।

निर्देशक भट्टराइका अनुसार कलाकार छनौट सकिने बितिक्कै फिल्म छायाँकनमा निस्कने बताए ।

‘हामी तीन भाई’ चलचित्र यसअघि नै शिव रेग्मीले निर्देशन गरेको चलचित्र हो । चलचित्रमा राजेश हमाल, श्रीकृष्ण श्रेष्ठ र निखिल उप्रेतीले मुख्य भूमिका निर्वाह गरेका थिए। त्यही नाममा दोस्रोपटक चलचित्र बन्‍न लागेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?