मर्मतपछि भोलिबाट मनकामना केबुलकार पुनः सञ्चालनमा आउँदै

काठमाडौं । मर्मत सम्भारका लागि बन्द रहेको मनकामना केबुलकार सोमवार (भोलि) देखि पुनः सञ्चालनमा आउने भएको छ ।

मर्मत सम्भारका लागि गत चैत २३ गतेबाट बन्द रहेको मनकामना केबुलकार चैत ३१ गते सञ्चालनमा आउने भनिएको थियो । तर मर्मतको काम सकिएकाले चैत ३० गतेबाटै सञ्चालनमा आउने भएको हो ।

६ दिन बन्द गरेर मर्मत सम्भार गर्ने भनिएपनि काम सकिएपछि ५ दिनमै सञ्चालनमा आउन लागेको मनकामना दर्शन प्रालिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?