काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह भारतको हरिद्वार पुगेका छन् । उनी निरञ्जन पीठाधीश्वर स्वामी कैलाशानंदको निमन्त्रणामा हरिद्वार पुगेका हुन् ।
आज (आइतवार) बिहान त्यहाँको गंगा किनारमा रहेको अनादि सिद्ध पीठ दक्षिणकाली मन्दिरमा रहेको आश्रममा वैदिक मन्त्रोच्चारणका साथ उनको स्वागत गरिएको छ ।
हरिद्वार पुगेका पूर्वराजा शाहले दक्षिणकालीको पूजा अर्चना गरेका छन् । आज उनको एउटा सार्वजनिक कार्यक्रममा अभिनन्दन गरिने जनाइएको छ ।
आज आइतवार साँझ उनको १० हजार साधु सन्यासीसँग भोजन गर्ने पनि कार्यक्रम रहेको छ । उनी आज र भोलि सोमवार हरिद्वारमै रहने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया