काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली नेतृत्वको सरकारले जनतालाइ झुक्याउने मात्रै काम गरेको आरोप लगाएका छन् ।
नेपाल दलित संघको आयोजनामा आइतवार (आज) काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले त्यस्तो आरोप लगाएका हुन् ।
असंवैधानिक कदम चालेका प्रधानमन्त्री ओलीले अदालतले संसद पुनरस्थापना गरेपछि पनि संसदिय प्रक्रियालाई कमजोर पार्ने संसदीय व्यवस्थालाई नै गलत हो भनेर जनतामा स्थापित गराउन संसदको उपेक्षा गरेर प्रधानमन्त्री नियोजित रुपमा अघि बडेको समेत आरोप लगाए ।

त्यस्तै प्रधानमन्त्रीलाई संसदमा उभिएर आफ्नो प्रयास सकारात्मक थियो संसद विगठन जायज हो भनेर प्रमाणित गर्न समेत चुनौती दिएका छन् ।
प्रधानमन्त्री ओलीले विभिन्न बाहानाबाजि गरेर संसद छल्न संसदको आवश्यक्ता नै छैन भन्दै हिँडेको प्रति आपत्ति जनाउँदै संसदमा उपस्थित हुन प्रधानमन्त्रीलाई चुनौति समेत दिएका छन् ।
प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले नभएको विकास गर्यौ भनेर यो सरकारले जनतालाइ झुक्याउने गरेको टिप्पणी गरेका छन् ।
उनले भने- ‘यो सरकारले देश र जनतालाई झुक्याइरहेको छ । नभएको विकास भयो भनेर जनताको मत र बिश्वास माथी खेलवाड गरि रहेकोछ ।’
साथै नेता सिंहले कम्युनिष्टहरुको मुखमा रामराम बगलिमा छुरा हुने गरेको पनि बताए । मुखले धेरै नै काम गरेको भन्ने तर वास्तविकतामा त्यो नभएको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया