काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले देशभर समानान्तर कमिटी विस्तार गरिहेका छन् ।
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट नेता नेपालले समानान्तर कमिटीबाट आएका नेताहरुलाई निर्वाचनमा उचित स्थान दिने बचन दिएका छन् ।
आइतवार प्रेस संगठन पर्साले वीरगञ्जमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले आगामी निर्वाचनमा टिकट दिने प्रतिवद्धता व्यक्त गरे ।
अध्यक्ष ओलीले नेताहरुलाई कारबाही गरेकोबारे निर्वाचन आयोगलाई जानकारी गराएको साथै आयोगले पार्टीभित्रको विवाद नटुंग्याएपनि निराश नहुन नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको गतिविधिका कारण पार्टी संकटमा पुगेको र कार्यकर्ताहरुमा निराशा छाएको टिप्पणी गरेका छन् । त्यसैकार आफूले एमाले सुदृढिकरणका लागि देशभर अभियान चलाएको बताए ।
‘पार्टी अहिले संकटमा पुगेको छ, कार्यकर्ताहरुमा निराशा छाएको छ, त्यसै निराशालाई आत्मसात गर्दै नेकपा एमालेले पार्टी सुदृढिकरण अभियान चलाएको छ, हरेक वडा, पालिका, जिल्ला, प्रदेशमा समानान्तर कमिटि गठन गरेर कसरी यस्तो अवस्था आयो भन्ने बारेमा राज्यव्यापी रुपमा अघि बढेका छौं,’ । नेता नेपालले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया