निर्यात व्यवसायी महासंघमा नयाँ नेतृत्व, अध्यक्षमा रामबहादुर गुरुङ

काठमाडौं । निर्यात व्यवसायी महासंघले नयाँ नेतृत्व प्राप्त गरेको छ । महासंघको पहिलो साधारण सभाले अध्यक्षमा रामबहादुर गुरुङलाई चयन गरेको छ ।

गुरुङ हाल गलैचा उत्पादन तथा निर्यातकर्ता संघका अध्यक्ष समेत रहेका छन् । यसैगरी महासंघको उपाध्यक्षमा सिल्क एशोसियशनका अध्यक्ष शंकरप्रसाद पाण्डे, पश्मिना उद्योग संघका निर्वतमान अध्यक्ष दुर्गाविक्रम थापा, तयारी पोशाक उद्योग संघका अध्यक्ष चण्डीप्रसाद अर्याल र हब्र्स एण्ड हर्बल एशोसियसनका अध्यक्ष घिमिरे रहेका छन् ।

त्यस्तै महासचिवमा अमृत खड्का चयन भएका छन् । महासचिव उनी फेल्ट उत्पादन संघका अध्यक्ष हुन् ।
नेपाल निर्यात व्यवसायी महासंघ नेपालमा उत्पादित तयारी बस्तु विदेशमा निर्यात गर्ने व्यवसायीहरुको छाता संगठन हो ।

महासंघको पहिलो साधारण सभा शुक्रवार काठमाडौंमा सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?