काठमाडौं । आइतवार (आज) नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ ।
सभापति शेरबहादुर देउवाले विविध राजनीतिक विषयमा छलफल गर्न आजको लागि बैठक आह्वान गरेका हुन् ।
पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको चौधौँ महाधिवेशन र क्रियाशिल सदस्यताको विषयमा बैठकमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले लोकपथलाई जानकारी दिए ।
‘खास एजेण्डा पार्टीको चौधौँ महाधिवेशन, क्रियाशील सदस्यता र पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल हुनसक्छ ।’ उनले भने ।
त्यस्तै भोलि बस्ने कांग्रेस केन्द्रीय समितिको बैठकका लागि एजेण्डा तय गर्नका लागि आजको बैठक बोलाइएको हो ।
बैठक दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया