बेलायतमा पछिल्लो २४ घन्टामा थप ४० जनाको मृत्यु

लोकपथ
0
Shares

काठमाडौं । बेलायतमा कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ४० जनाको मृत्यु भएको छ । गत अप्रिल ४ देखि अप्रिल १० सम्मको एकसातामा २५४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृतक संख्यामा भने अघिल्लो साताको तुलनामा कुनै परिवर्तन नआएको स्वास्थ्य विभागले जानाएको छ । योसंगै कोरोना संक्रमणका कारण बेलायतमा मृत्यु हुनेको संख्या एक लाख २७ हजार ८० पुगेको छ ।

यसैगरी बितेको २४ घन्टामा २ हजार पांच सय ८९ जना कोरोना संक्रमित थपिएका छन् । गएको एक हप्तामा १८ हजार ९७० जना संक्रमित थपिएका छन् । यससंगै संक्रमितको कुल संख्या ४३ लाख ६८ हजार ४५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?