९ चैत्र २०७९, बिहीवार

देउवा र प्रचण्ड दोहोरो खेलमा, अब के गर्लान् देउवा ?

२०७४,आश्विन,२०,शुक्रवार ०१:२८

0
Shares

काठमाडौं, २० असोज- प्रधानमन्त्री शेरबहादुर देउवामाथि सत्ता गठबन्धनको दोस्रो ठूलो दल माओवादी केन्द्रका मन्त्री हटाउन दबाब परेको छ ।कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका अधिकांश सदस्यले प्रधानमन्त्री देउवालाई माओवादी मन्त्री हटाएर मात्र मन्त्रिपरिषद् बैठक डाक्न दबाब दिएका छन् । कांग्रेस अगुवाइको लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलहरूले बुधबार सरकारलाई साथ दिने आश्वासन दिएपछि बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यसम्पादन समिति बैठकमा नेताहरूले माओवादी मन्त्री हटाउन प्रधानमन्त्रीलाई दबाब दिएका हुन्, अन्नपूर्ण पोस्टमा खबर छ ।सरकारमा सामेल माओवादीले एमालेसँग चुनावी तालमेल तथा पार्टी एकीकरणसम्मको सहमति गरेपछि उसलाई सरकारबाट हटाउनुपर्ने विषयमा लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलहरूबीच बुधबार छलफल भएको थियो । माओवादीलाई सरकारबाट हटाउँदा बहुमत कायमै रहने सुनिश्चितता रहेकाले निर्वाचन आयोगलाई जानकारी दिएर सरकार पुनर्गठनको गृहकार्यमा लाग्न कांग्रेस बैठकका सहभागीले देउवालाई सुझाएका थिए ।माओवादी मन्त्री हटाउनुपर्ने दबाबपछि देउवा मन्त्रिमण्डल पुनर्गठनको गृहकार्यमा लागेको स्रोतले जनाएको छ । स्रोतका अनुसार साना दललाई सरकारमा समेटेर मन्त्रिमण्डल पुनर्गठनको तयारीमा छन् । माओवादीलाई हटाएपछि संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिने तयारी देउवाको छ । आफ्ना मन्त्रीलाई बर्खास्त गरे माओवादीले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेको स्रोतको दाबी छ ।  

प्रकाशित मिति: २०७४,आश्विन,२०,शुक्रवार ०१:२८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

१० वर्षमा आगलागीका घटना तेब्बर बढ्यो
 २०७९,चैत्र,९,बिहीवार २०:००