काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यकी महारानी एलिजावेथ द्वितीयलाई इडनबराका राजकुमार फिलिपको निधन भएकामा आज एक शोक सन्देश पठाउँदै हार्दिक समवेदना व्यक्त गरेकी छिन् ।
सन्देशमा राष्ट्रपति भण्डारीले राजकुमार फिलिपको निधनबाट नेपालले पुरानो मित्र गुमाएको बताएकीछिन् ।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले राजकुमार फिलिपको निधन भएकामा गहिरो दुःख व्यक्त गर्दै आफ्ना बेलायती समकक्षी बोरिस जोनसनमा हार्दिक सहानुभूति प्रकट गरेकी छिन् ।
सन्देशमा उनले राजकुमार फिलिपले मानवताका लागि गर्नुभएको सत्कार्यको भावी पुस्ताले सम्झिरहने बताएकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया