मंगल ग्रहको आकाशमा हेलिकप्टर उडाएर इतिहास रच्दै नासा

लोकपथ
0
Shares

काठमाडौं । नासाले भोलि आइतवार मंगल ग्रहको आकाशमा हेलीकप्टर उडाएर इतिहास रच्ने भएको छ । नासाले गत १८ फेब्रुअरीमा मंगल ग्रहको जेजेरो क्रेटरमा हेलीकोप्टर पठाएको थियो ।

अहिलेसम्म पृथ्वीबाहेक अन्य कुनै पनि खगोलीय पिण्डमा हेलीकप्टर उडाइएको छैन ।

 

नासाले दिएको जानकारीअनुसार अमेरिकी समय  बमोजिम यो उडान बिहान ३ बजेर ३० मिनेट  (EDT  – Eastern Daylight Time (Time Zone Abbreviation) अथवा १२ बजेर ३० मिनेट  PDT   (Pacific Daylight Time)  मा हुनेछ ।

नासाले यसको लाइभ स्ट्रीमिंग गर्नेछ । यसको प्रत्यक्ष प्रसारण नासाको वेबसाइट, नासा एप र आफ्नो टीभीमार्फत् हुनेछ । यसका साथै नासाको यूट्यूब च्यानल र जेट  प्रोपल्शन  लेबोरेटरी  (JPL ) को फेसबुक पेजबाट पनि यसको प्रत्यक्ष प्रसारण हेर्न सकिन्छ ।

उडान सम्बन्धी प्रारम्भिक अभ्यासका क्रममा नासाले यस हेलीकप्टर इनजेन्युटी ( Ingenuity ) को अन्तिम परीक्षाण शुरू गरेको छ । हेलीकप्टरको रोटरलाई घुमाएर परीक्षण गरिएको छ । विस्तारै रोटरको गति बढाएर नासाले थप परीक्षण गर्ने जनाएको छ । नासाले ट्वीटमार्फत् दिएको जानकारीअनुसार रोटरलाई ५० आरपीएम (राउन्ड पर मिनेट) सम्म परीक्षण गरिएको छ ।​

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?