चलचित्र ‘प्रेमगन्ज’मा सम्पदा बानियाँ

लोकपथ
0
Shares

काठमाडौं । चलचित्र चौतारीको ब्यानरमा निर्माणमा हुन लागेको चलचित्र ‘प्रेमगञ्ज’ को लागि मुख्य कलाकारमा अर्की नायिका सम्पदा बानियाँ छनौट भएकी छन् । यस अघि अडिसन मार्फत केही कलाकारहरु छनौट भएका थिए ।

चलचित्रमा नयाक तेज गिरी र नायिकामा बेनिशा हामाल संगै सम्पदा पनि छनोट भएको बतााईएको छ । यस चलचित्र त्रिकोणात्मक विशुद्ध प्रेम कथामा आधारित रहेको निर्देशक परिच्छेद सेनले जानकारी दिए ।

यसअघि नै चलचित्रकालागि सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का र आयुषी ढकाललाई अडिसनबाट छानिसकेका छन् । यस चलचित्रमा अन्य कलाकार शिशिर राणा, रश्मी भट्ट, पबन भट्टराई, सन्जोग रसाइली, गिता अधिकारी लगाएतको अभिनय रहने छ भने सञ्जय लामाले छायांकन गर्ने भएका हुन् ।

बिगत २५ वर्ष देखि नेपाली चलचित्र जगतमा स्पोट ब्वाईको रुपमा काम गर्दै आएका राजु फुयाँल निर्माता रहेका यो चलचित्रका कार्यकारी निर्मातामा अनन्तमान श्रेष्ठ रहेका छन् । यो चलचित्र बैशाख पहिलो साताबाट छायांकनमा जाने वताईएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?