उपाधिका लागि एपीएफ र सुदूरपश्चिम भिड्दै

लोकपथ
0
Shares

काठमाडौं । पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल खेल आज (शनिवार) हुँदैछ ।

टियु क्रिकेट मैदानमा हुने फाइनलमा विभागीय टिम एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश भिड्दै छन् । फाइनल खेल ११ बजे शुरु हुनेछ ।

बलियो टिम एपीएफ सुदूरपश्चिमलाई हराउँदै अपराजित रहेर च्याम्पियन बन्न चाहन्छ ।

एपीएफ लिग चरणमा अपराजित रहदै फाइनल पुगेको टिम हो ।

एपीएफले ४ खेलमा ८ अंक जोड्यो । तर, सुदूरपश्चिमविरुद्ध फाइनलमा एपीएफलाई जित निकाल्न सफल भने हुने छैन ।

सुदूरपश्चिम लिगको दोस्रो स्थानमा रहदै फाइनलमा पुगेको हो ।

सुदूरपश्चिमले ४ खेलमा ६ अंक जोड्यो । लिग चरणमा सुदूरपश्चिम एपीएफसँग ३७ रनले पराजित भएको थियो । अन्य खेलमा जित निकालेको थियो ।

फाइनलमा सुदूरपश्चिम उक्त हारको बदला समेत लिन चाहन्छ ।

यता, एपीएफ आफ्नो जितलाई निरन्तरता दिन चाहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?