हिजो राति परेको पानीका कारण धेरै ठाउँको मौसम सफा

लोकपथ
0
Shares

काठमाडौं । देशका विभिन्न ठाउँमा परेको हावाहुरीसहित पानीका कारण वायु प्रदूषण केही कम भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रवार राति काठमाडौंसहित देशका विभिन्न ठाउँमा हावाहुरीसहित पानी परेको थियो । वायु प्रदूषण मापन गर्ने नेपालको एक्यूआई अहिले १५० भन्दा तल झरेको जनाएको छ ।

यो लक्षित समूहहरुका लागि अस्वस्थ अवस्था हो । नेपालको वायु प्रदूषण अति हानिकारक अवस्थाबाट सुधार भएर हिजो अस्वस्थ अवस्थामा झरेको थियो । आज फेरि सुधार भएर निश्चित समूहका लागि मात्रै अस्वस्थ अवस्थामा आइपुगेको हो ।

यो समयमा विशेष गरेर पाको उमेर समूहका, बालबालिका, श्वासप्रश्वाससम्बन्धी समस्या भएका दीर्घरोगीहरुले विशेष सावधानी अपनाउनुपर्ने जनस्वास्थ्यविद्हरु बताए ।

केही दिनअघि नेपालको वायु प्रदूषण विश्वकै सबैभन्दा धेरै उच्च हानिकारक अवस्था अर्थात ४७० एक्यूआईमा पुगेको थियो । यस्तै, शुक्रवार राति परेको हावाहुरीसहित पानीले आज देशका धेरैजसो ठाउँको मौसम खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?