दलितले हेपेको भन्दै कुटपिट गरि हत्या

लोकपथ
0
Shares

झापा । जातीय दुर्व्यवहार गर्दै एक गैरदलितले निर्घात कुटपिट गर्दा झापामा एक ज्यान गएको छ । गैरदलित छिमेकीको कुटाइबाट कन्काई– ५ टेक्रास्थित दार्जेलिङ टोलका ५७ वर्षीय बलबहादुर विश्वकर्माको मृत्यु भएको हो ।

आर्थिक रूपमा विपन्न बलबहादुरलाई छिमेकी मोहन घिमिरेले गत सोमवार निर्घात कुटेका थिए । गम्भीर घाइते भएका विश्वकर्माको उपचारका क्रममा बिहीवार राति मृत्यु भएको हो । जातीय विभेदकै कारण घटना भएको पीडित परिवार र छिमेकीको भनाइ छ ।

घिमिरे परिवारले विगतदेखि नै आफ्ना बाबुलाई जातीय दुव्र्यवहार गर्दै आएको छोरी कञ्चनले बताइन् । आर्थिक रूपमा कमजोर विश्वकर्मा परिवार सामाजिक रूपमा पनि बहिष्कृत थिए ।

सानो जातको भनेर हामीलाई सधैँ गाली गर्ने, हेप्ने गर्थे,’उनले भनिन्, ‘मोहन घिमिरे सोमवार मातेर आएका थिए । बुबा सुतिरहेको ठाउँमा आएर कुट्न खोजे । हामीले मिलाएर पठायौ । पछि बुबा आफूलाई हेपेको विषयमा कुरा गर्न जानुभयो । त्यसपछि उन कुटे । बुबाले प्रतिकार गर्न सक्नुभएन ।

दृष्टिविहीन पत्नीका दुःख थपिए

पति बलबहादुरको ज्यान गएपछि पत्नी मुना ठूलो सन्तापमा छिन् । उनी दुवै आँखा देख्दिनन् । घिमिरे परिवारले विगतदेखि नै आफूहरूमाथि जातीय विभेद गर्दै आएको उनले बताइन् । मोहन र उनको परिवारका सदस्यले हामीलाई सधैँ दलित भनेर हेप्दै आएका थिए ।

श्रीमान्लाई पनि सधैँ कुट्न झम्टन्थे,’उनले भनिन्, ‘दुई वर्षअघि रक्सी खाएर हल्ला गरिस् भन्दै मलाई बाँधेर गोबर खुवाएका थिए । अहिले मेरो बुढालाई मारे । ५७ वर्षीय बलबहादुरले दैनिक ज्याला–मजदुरी गरेर परिवार पालेका थिए । यो खबर आजको नयाँपत्रिकामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?