चित्रबहादुर केसीद्वारा सरकारबाट प्रधानमन्त्री ओलीको बहिर्गमनको माग

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारबाट प्रधानमन्त्री ओली बहिर्गमन हुनु पर्ने बताएका छन् ।

उनले विदेशी शक्तिहरुले सरकार बनाउनको लागि जुट मिलाउन खोजेपनि अझै सम्म नमिल्दा अलमल भएको बताएका छन् ।

आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै केसीले भने ‘बाह्य शक्तिहरुले दलहरुको जुट मिलाउन खोजेका छन् । त्यो मिलिरहेको छैन ।’

उनले विदेशीहरु आफ्नो स्वार्थ अुनसार चलाउनको लागि दलहरु बिरालोले मुसो खेलाए जस्तै खेलाएको बताए ।

पुनःस्थापित संसदलाई विघटन गरी मध्यावधि निर्वाचनमा जाने खेल भइरहेको भन्दै त्यो रोक्नको लागि वामपन्थीहरु सरकार फेरि बन्नु पर्ने बताए ।

उनले भर्ने ओली हटाएर फेरी वामपन्थीहरुको सरकार बन्नुपर्छ त्यसको लागि वामपन्थीहरु विच कार्यगत एकता अथवा अन्य सहकार्य हुनुपर्छ । उनले जनताले दिएको म्यान्डेट अनुसार २०÷२२ महिला पहिले नै निर्वाचानमा जानु गलत भएको बताए ।

मुलुकमा बामपन्थीहरुको बहुमत हुँदाहुँदै कम्युनिष्टहरुले कुर्सीका लागि झगडा गर्दा मुलुक अहिलेको अवस्थासम्म आइपुगेको बताए ।

केसीले संसद खरिद बिक्री गर्ने खेल भइरहेको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई बिजनेस नदिएर कामविहीन बनाएको आरोप लगाए । उनले भने भने ‘पहिला एक ठाउँमा खरिद बिक्री हुने थियो अहिले ८ ठाउँमा खरिद बिक्री भएको छ ।

जनमोर्चाको यही चैत्र २४ गतेदेखि २६ गतेसम्म भएको राष्ट्रिय सम्मेलन १३ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । घोषणा पत्रमा संघीयता खारेजीको मागलाई प्राथमिकताका साथ राखिएको छ । संघीयताकै कारण मुलुकको राजनैतिक अवस्था अहिलेको स्थितिमा आइपुगेको बताउँदै संघीता खोरेज माग दोहो¥याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?