भारतीय समकक्षी जयशंकरलाई परराष्ट्रमन्त्री ज्ञवालीको फोन, खोप उपलब्ध गराउन आग्रह

काठमाडौं- परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतीय समकक्षी एस जयशंकरसँग टेलिफोन वार्ता गरेका छन्।शुक्रवार दिउँसो मन्त्री ज्ञवाली र जयशंकरबीच टेलिफोन वार्ता भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

मन्त्री ज्ञवालीले भारतबाट किनेर ल्याउन लागिएको कोरोनाविरुद्धको खोप उपलब्ध गराउन आग्रह गरेको जनाएको छ। उनले खोप ल्याउन सहयोग गर्न आग्रह गरेको परराष्ट्रमन्त्रालयले जनाएको छ। जवाफमा भारतीय विदेशमन्त्री जयशंकरले भारतले सक्दो सहयोग गर्ने बचन दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?