डिसहोमको ‘खुशीको उडान’ योजना अन्तर्गत दुई जना विजेता घोषित

काठमाडौँ- डिसहोमले ‘खुशीको उडान’ योजना अन्तर्गत दुई जना भाग्यशाली विजेता घोषणा गरेको छ। २६ चैतमा गरिएको पहिलो लक्की ड्रमार्फत क्यास आइडी ०२५५८१३३९६० र ०२५१९२५०८८५  नम्वरका ग्राहकलाई विजेता घोषणा गरिएको हो ।

सक्रिय ग्राहकहरुलाई अझ गुणस्तरीय सेवा दिने लक्ष्यका साथ यस योजना अघि सारिएको हो । यस योजना अन्तर्गत हरेक हप्ताको बिहीवार हुने ‘लक्की ड्र’ बाट दुई भाग्यशाली जोडीहरुले बैंककको भ्रमण गर्न सक्नेछन् । ‘लक्की ड्र’ मा सहभागिता जनाउनलाई ग्राहकहरुले आफ्नो सदस्यतालाई डिसहोमका डिलरहरु मार्फत फन्ड ट्रान्सफरबाट ‘टप अप ‘गर्नु पर्नेछ ।

साथै इ–वालेट एपस् र रिचार्ज कार्डहरुबाट रिचार्ज गरेर पनि ग्राहकहरु यस योजनामा सहभागी हुन सक्नेछन् । लक्की ड्रको विजेताहरुको घोषणा ग्राहकहरुको सेटअप बक्समा भएको क्यास आइडीको आधारमा गरिनेछ ।

डिशहोमका रियालिटी टिभी, रमाइलो टिभी, सरोकार टिभी र डिशहोम सोकेस च्यानलहरुमा हरेक साताको बिहिवार  लक्की ड्रको प्रत्यक्ष प्रसारण हुने जनाएको छ । अब अर्को प्रत्यक्ष प्रसारण २ बैशाख २०७८ मा उल्लेखित च्यानलहरुमा हुने जनाएको छ ।

सबै सक्रिय ग्राहकहरु यस लाइभ लक्की ड्रमा सहभागी हुन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?