बुढानिलकण्ठमा शुरु भयो तीन दलको बैठक

काठमाडौं । नेकपा माओवादी र जनता समाजवादी पार्टी (जसपा) का नेताहरु कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका छन् ।

पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न सभापति देउवाले अन्य दुई दलका शीर्ष नेताहरुलाई बुढानिलकण्ठ बोलाएका हुन् ।

छलफलका लागि कांग्रेसका पदाधिकारी तथा पूर्व पदाधिकारीहरु समेत बुढानिलकण्ठ पुगेका छन् ।
त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, देव गुरुङ, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु देउवानिवास पुगेका हुन् ।

त्यस्तै जसपाका अध्यक्ष महन्थ ठाकुर, संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई साथै नेताहरु उपेन्द्र यादव, राजेन्द्र महत्व, अशोक राई लगायतका नेताहरु छलफलका लागि पुगेका हुन् ।

बुढानिलकण्ठ पुग्नुअघि जसपाका नेताहरु आन्तरिक छलफलमा समेत जुटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?