सांसद पदबाट हटेका ४ मन्त्रीको पुनः नियुक्ती, आजै सपथ

काठमाडौं । नेकपा माओवादी केन्द्रले सांसद पदबाट हटाइएका ४ मन्त्रीहरुले आज पुनः पद तथा गोपनियताको सपथ लिने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद पदबाट हटेसँगै मन्त्रीबाट समेत हटेका ४ नेताहरुलाई पुनः मन्त्री पदमा नियुक्त गरेका छन् ।

त्यसँगै आज साँझ ५ बजे सपथ खग्रहण गर्ने कार्यक्रम रहेको बताइएको छ ।

पार्टी पूर्ववत् रुपमा फर्किएपनि टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गंगाशंकर चौधरी एमालेमा नै बसेका थिए । पार्टीले सोधेको स्पष्टीकरण समेत नदिएका चारै जना नेताहरुको सांसद पद बिहीवारबाट खारेज भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?