पार्टीलाई बलियो बनाउन संगठन विस्तारमा लागेँ : नेता नेपाल

RSS
0
Shares

मोरङ । नेकपा (एमाले) का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीलाई बलियो बनाउन विभिन्न जिल्लामा संगठन विस्तार गरेको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज शुक्रवार सञ्चारकर्मीसँग कुरा गर्दै जिल्लामा गठन हुने कमिटीबाट पार्टी फुटाउने होइन यसबाट कार्यकर्तामा उत्साह थपिनुका साथै पार्टी एकतावद्ध हुने धारणा राखे ।

नेता नेपालले पार्टीले लोकतान्त्रिक सङ्घीयताको मूल्य र मान्यता कायम राखी मुलुकमा सुशासनसहित जनताको जीवनस्तर उकास्ने कार्यमा जिल्ला दौडाहा कार्यमा लागेको विचार व्यक्त गरे ।

पूर्वप्रधानमन्त्री नेपालले अदालतको आदेशलाई आफूले सम्मान गर्ने बताउँदै पार्टीमा विसं २०७५ जेठ २ गते अगाडिको सबै निर्वाचित सबै पदाधिकारी कायम रहनुपर्नेमा जोड दिए ।

एक प्रश्नको जवाफमा उनले प्रदेश सरकारविरुद्ध ल्याएको अविश्वास प्रस्ताव फिर्ता केही बाध्यताका कारण भएको बताए ।

उनले वर्तमान पार्टी नेतृत्वले कार्यकर्ताको मनोबल घटाएको, सङ्गठन छिन्नभिन्न बनाएको आरोप लगाउँदै सबै कार्यकर्तालाई एकतावद्ध गरी सुदृढ पार्टी बनाउने दाबीसमेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?