४ नेतापछि माओवादीको ‘टार्गेट’मा बादल, कारवाहीका लागि आज पत्र पठाउँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले गृहमन्त्री रामबहादुर थापा बादललाई कारवाही गर्ने भएको छ ।

पार्टी पूर्ववत् रुपमा फर्किएपनि एमालेमा नै बसेका राष्ट्रिय सभा सदस्य समेत रहेका गृहमन्त्री थापालाई माओवादी केन्द्रले कारवाही गर्न लागेको हो ।

माओवादी केन्द्रले थापालाई कारवाही गर्ने पत्र तयार गरेको छ । साथै आज नै उक्त पत्र संसद सचिवालयमा दर्ता गराउने तयारी गरेको हो ।

स्रोतले दिएको जानकारी अनुसार माओवादीबाट एमालेमा बसेका चन्द्रबहादुर खड्कालाई समेत कारबाही गर्न स्पष्टीकरण माग्ने माओवादी केन्द्रले तयारी गरेको छ ।

त्यस्तै माओवादी केन्द्रले सरकारका मन्त्रीसमेत रहेका ४ सांसदहरुलाई पद मुक्त गरेको छ । माओवादी केन्द्रले गत मंगलवार टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरीलाई सांसद पदबाट मुक्त गर्न संसद सचिवालयमा निवेदन दर्ता गराएको थियो । बिहीवार बसेको प्रतिनिधि सभाको बैठकबाट चारै नेताहरुको सांसद पद खारेज गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?