तत्काल लकडाउन नगरी यी क्षेत्र बन्द गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शैक्षिक तथा अन्य क्षेत्र बन्द गर्ने तयारी गरेको छ ।

मन्त्रालयले कोभिड-१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) लाई सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक, शैक्षिक संस्था भर्चुअल माध्यम वा बन्द गर्ने सम्बन्धि सिफारिस गरेको हो ।

आज बस्ने सीसीएमसीको बैठकले नै त्यसबारे निर्णय गर्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयले शैक्षिक संस्था लगायत, होटेल, रेस्टुरेन्ट, पार्टी प्यालेस, सिनेमा हल लगायतका क्षेत्रमा समेत तत्कालका लागि बन्द गर्न सिफारिस गरेको छ ।

छिमेकी देश भारतमा कोरोना संक्रमणको जोखिम उच्च भएसँगै सरकारले त्यसको रोकथाम तथा नियन्त्रणका लागि तयारी थालेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि उच्च सतर्कता अपनाउँदै लकडाउनसम्मको स्थितिमा नपुर्याउनका लागि सरकारले आग्रह गरिरहेकोे छ ।

बिहीवार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले एक सार्वजनिक कार्यक्रममा बोल्दै कोरोना खोपमा मात्रै पूर्णरुपमा भर गर्न नहुने बताउँदै आँफै सचेत हुन आग्रह गरेका छन् । त्यस्तै स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले तत्काल लकडाउन नहुने तर आवश्यक क्षेत्रलाई बन्द गर्न लागेको संकेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?