रेड पाण्डाको छालासहित चार जना पक्राउ

काठमाडौं । बाँकेबाट संरक्षित वन्यजन्तु रेड पाण्डाको छालासहित चार जना पक्राउ परेका छन् ।

कोहलपुर नगरपालिका ११ बसपार्कस्थित लालिगुराँस होटलबाट २ थान संरक्षित वन्यजन्तु रेड पाण्डाको छाला सहित रोल्पा सुनछहरी गाउँपालिका १ का ३२ वर्षीय खिमानसिंह रोका मगर समेत ४ जनालाई हिजो बिहीवार राति प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उक्त होटलको ७ नम्बरको कोठा तलासी गर्ने क्रममा उनीहरुलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?